अर्थनीति

दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने कृषि मन्त्री अर्यालको दावी

padma aryal

२२ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले वर्तमान सरकार विगतको गुनासा अन्त्य गर्दै वास्तविक किसानको पहिचान गर्न लागेको बताएकी छिन् । किसान सुचिकरण राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले किसानको नाममा राज्यको थुप्रै सम्पत्ति नष्ट भएको र किसानको सुचिकरण भएपछि यस्तो समस्या नआउने बताइन् ।

समाजवादसम्म पुग्न सबै किसानलाई उत्पादनसँग जोड्नु पर्ने बताउँदै उनले सातवटै प्रदेशका कृषि मन्त्री तथा सचिवसँग छलफल गरि समग्र कृषिलाई व्यवस्थित गर्ने निष्कर्ष निकालेको पनि बताइन् । ठूल्ठूला क्षेत्रमा उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुने तर्फ अगाडि बढेको बताउँदै उनले पाँच वर्षभित्र निर्यातमा कदम चाल्ने बताइन् । अगामी दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले काम गरिरहेको पनि उनको भनाइ छ । किसान सूचीकरणले कृषकको मनोवल बढाउनुको साथै जिम्मेवार बनाउने उनले बताइन् । यो कार्यक्रमले कृषि मैत्री वातावरण तयार हुने बताउँदै उनले ठुलठुला पूँजीपतिले कृषिमा लगानी गरेको बताइन् ।

चक्लाबन्दी र सामूहिक खेती गर्नेलाई सरकारले प्रोत्साहन गर्ने उनले दावी गरिन् । एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन गर्ने बताउदै कृषिबाट देशलाई समृद्ध बनाउने बताइन् । मन्त्रालय नयाँ ढंगले अगाडि बढ्न तयार रहेको बताउँदै मन्त्री अर्यालले ३० प्रतिशत किसानलाई प्रविधिमा पहुँच पुर्याउने त्यसमध्ये २० प्रतिशत किसान प्रविधिमा पहुँच पुर्याएको बताइन् । इजरायल सरकारसँग किसानलाई प्रविधिमा पहुँच पुर्याउने भनि मिलेर कार्यक्रम गर्न लागेको उनले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस