समाचार

काठमाडौंमा मेलम्चीको पानी ल्याउने लामो सपना पूरा भयो : प्रधानमन्त्री ओली

kp oli

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मेलम्चीको पानी ल्याउने लामो सपना पूरा भएको बताएका छन् ।

शनिवार साँझ सुन्दरीजलमा आयोजित मेलम्ची खोलाको पानी सुन्दरीजल झार्ने कार्यक्रममा ओलीले काठमाडौं बासीका लागि अब काठमाडौंमा पानी आयो भन्ने प्रत्याभूति भएको र केही समयपछि वितरण गरिने बताए ।

२६ गतेसम्म बागमतीमा अलि फोहोर पानी बगे पनि २७ गते शिवारात्रीका दिन सफा पानीले नुहाउन पाइने उनले बताए । पानी थोरै थोरै छोडेर पाइप परिक्षण गर्दै जान पनि उनले आग्रह गरेका  छन् ।

उनले प्रचण्ड, माधव नेपाललाई ब्यङ्ग्य गर्दै आजको दिन जस्तोमा पो लड्डु खानुपर्ने बताउँदै घर घरमा गएर दिपावली गर्नु र लड्डु खान आग्रह समेत गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस