समाचार

संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु

bhaktapur

२३ फागुन, भक्तपुर । गाउँगाउँमा सरकारका विकास योजना पुगेको प्रत्याभूति दिने गरी तीव्ररूपमा विभिन्न आयोजना सञ्चालनमा आएको भक्तपुरमा संसद् पुनःस्थापनापछि थप १२ आयोजनाको काम सञ्चालन भएको छ । सांसदले पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास साझोदारी (सांसद विकास कोष) कार्यक्रमअन्तर्गत सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको विकासमा मध्यपुरथिमि नगरपालिकाभित्र मात्रै १२ आयोजनाको निर्माणकार्य शुरु गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्रीसमेत रहेका बस्नेतले समयमै काम सम्पन्न गर्ने गरी आफ्नो क्षेत्रको विकासमा कोषको रकम परिचालन गरेको बताए । भक्तपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेकामा सांसद कोषअन्तर्गतको चार करोडको रकममध्ये सूर्यविनायक र मध्यपुरमा दुई–दुई करोडको योजना छनोट गरी आयोजना शुरु गरेको उनले जानकारी दिए ।

योजनालाई दिगो, प्रभावकारी, स्थायित्व तथा निर्धारित समयमा नै सम्पन्न गराउन उनले आयोजना मूल्याङ्कन तथा अनुगमन समितिसमेत गठन गरेका छन्। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा मध्यपुरथिमि नगरपालिकामा विनियोजित रु दुई करोड बराबर आयोजना चालु आवभित्रै सम्पन्न गर्ने गरी तीव्रगतिमा अगाडि बढाइएको हो ।

सांसद बस्नेतका अनुसार मध्यपुरथिमि क्षेत्रभित्र रु २० लाखमा वडा नं १ दिव्यश्वरी गणेशमार्ग स्तरोन्नति, रु १० लाखको लागतमा  वडा नं २  चेतनशील सामुदायिक भवनको अधुरो काम पूरा गर्ने, रु १० लाखको लागतमा वडा नं २ सानोथिमि वन कार्यालय पछाडि सामुदायिक भवन निर्माण, रु २० लाखको लागतमा वडा नं ३ गठ्ठाघर सागबारीमार्ग स्तरोन्नति, रु २० लाखमा वडा नं ४ लायाकु भैल तथा इन्द्रायणी मन्दिर परिसर पूर्वाधार निर्माण, रु २० लाख लागतमा वडा नं ५ लिप्चा गणेश पार्टी पुनःनिर्माण, रु २० लाखको लागतमा वडा नं ७ पार्टी विहारमा अनागरिका भवनको अधुरो काम पूरा, रु १० लाखमा वडा नं ७ नगदेश सांस्कृतिक प्रदेशद्वारको अधुरो काम पूरा, रु २० लाखको लागतमा वडा नं ९ खपलामा प्रवेशद्वार निर्माण, रु २० लाखको लागतमा वडा नं ८ देवुबाट कार्तिगः जाने बाटो स्तरोन्नति, रु ११ लाख ४० हजारको लागतमा वडा नं ८ बोडे सहयोग टोलबाट पश्चिम मनोहरा खोला जाने सडक स्तरोन्नति र रु १५ लाखको लागतमा वडा नं ७ गोपालमार्ग धुन्छे गहिरो सडक निर्माणकार्य शुरु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *