समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्री काठमाडौंमा अस्पताल भर्ना

mahendra

२३ फागुन, काठमाडौं । उच्च रक्तचापबाट पीडित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन्  ।

पुनःस्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाही काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

शाही शनिबार अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा सुधार आएको पनि आचार्यले बताए । उनले भने,‘ मुख्यमन्त्री ज्युको पुरानै समस्या हो अहिले सुधार आइसकेको छ । सायद आजनै डिस्चार्ज हुनुहुन्छ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस