समाचार

नेकपाबारे सर्वोच्चको फैसलाले मनमा चिसो पसेको छ : मुख्यमन्त्री भट्ट

Trilochan Bhatta

२३ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा पार्टीको वैधानिकताबारेको निर्णय जनअपेक्षा विपरीत आएको बताएका छन् ।

आज बेदकोट नगरपालिका–१० स्थित चौधर नदीमा निर्माण हुने पक्की पुलको शिलान्यासमा उनले पार्टीसम्बन्धी निर्णयले अन्यौलता सृजना गर्ने कार्य गरेको बताए । “त्यस निर्णयले खुशी दिएको छैन,”, उनले भने, “नेकपाकै नामबाट राष्ट्रियसभा सदस्य चुनिएका छन् । उपनिर्वाचनबाट जनप्रतिनिधि चुनिएका छन् । मनमा चिसो पसेको छ । देशलाई अन्योलतिर धकेलेको छ ।”

“दुई पार्टीबीचको एकता जन अपेक्षानुरुप कार्य गर्ने, पटकपटक देखिने राजनीतिक अस्थिरताको अवस्थालाई अन्त्य गरी सरकारलाई स्थायित्व दिने र छरिएर रहेका कम्युनिष्टलाई एकत्रित गरी संयुक्त मोर्चा गठन गर्ने रहेको थियो,”, उनले भने, “यिनै कुरालाई अघि सार्दै चुनावमा भोट माग्यौँ । जनताले दुई तिहाई पु-याए । संसद् विघटनको विषयलाई अदालतले पुनः स्थापन गरेर ट्रयाकमा ल्याउने कार्य गरेर खुशी भएका बेला पुनः राजनीतिक अन्यौलता कायम भएको छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस