समाचार

फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने

oli madhav prachanda

२४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली (तत्कालीन एमालेलाई अघि बढाउने र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष फैसलाविरुद्ध पुनरावलोकन गर्ने तयारीमा लागेका छन् ।

ओलीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने बताइरहेको बेला आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनीनिकट सांसदले तत्कालीन एमालेलाई नै अघि बढाउन सुझाव दिएका छन् ।

सुझावपछि ओलीले एमालेको बैठक बोलाउने र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए । एकताका बेला ओली एमालेको अध्यक्ष थिए । एकतापछि बनेको नेकपाको पनि उनी अध्यक्ष थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस