समाचार

नारी दिवसमा विध ल्याबले ल्यायो विशेष छुट योजना

bidhlab

२४ फागुन, काठमाडौं । नेपाल सरकारबाट ‘ए’ ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ ।

स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ ल्याबले आफ्नो सेवाहरुमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको हो । यस्तै नर्मल हेल्थ प्याकेज अन्तर्गत प्याप सेम, टीएफटी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी र सीबीसी लगायतका परीक्षण रु. ३ हजारमै गरिने विध ल्याबले जनाएको छ ।

त्यसैगरी टीएफटी, लिव्विड बेसड सिटोलोजी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सीबीसी, सीए १२५ र प्रोल्याक्टिनको परीक्षण रु.५ हजारमै गरिने विध ल्याबका प्रतिनिधि रविशंकर पोखरेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस