सुनचाँदी

सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस कतिमा भईरहेको छ कारोबार ?

gold

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० ले वृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच सोमबार चाँदी मूल्य पनि वृद्धि भएको छ । आइतबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १२६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस