समाचार

मन्त्रीकै नेतृत्वमा एमाले जिल्ला कार्यालय स्थापना

nekapa amale

२४ फागुन, काठमाडौं । मोरङमा नेकपा एमालेको जिल्ला कार्यालय स्थापना गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा एमाले जिल्ला कार्यालयको स्थापना गरिएको हो ।

मन्त्री ढकालसहितका मोरङका नेता/कार्यकर्ताले पार्टी कार्यालय स्थापना गर्दै नेकपा एमालेको बोर्ड राखेका हुन् । बोर्ड भन्दा माथि प्रधानमन्त्री केपी ओलीको प्रतिमा राखिएको छ । मोरङस्थित् मदन स्मृति भवनमा एमालेको पार्टी कार्यालय स्थापना गरिएको हो ।

सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय देखिएको हो । यसअघि नुवाकोट र पर्वतमा पनि एमालेको कार्यालय पुन:स्थापना गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस