२४ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाहरु न्युनिकरण हुन नसकेको र अपराधीहरू कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको बताए ।
उनले महिला हिंसाका घटनाले दिदीबहिनीहरुले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै महिला हिंसाको अन्त्य बिना समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस