समाचार

नारी दिवसमा पठाओद्वारा उत्कृष्ट २५ महिला राइडरलाई सम्मान

pathao women day

२४ फागुन, काठमाडौं । अन्तरास्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिएको बताइएको छ।

कार्यक्रममा महिला राइडरहरुले अनुभव आदनप्रदान समेत गरेका थिए । महिला सशक्तीकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदिबहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालले बताइन् ।

पठाओ नेपालमा हाल करिब एक हजार छ सय जना महिला राइडर आवद्ध छन् । जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको हमालले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस