विश्व/प्रवास

साउदी अरबमा हमलापछि कच्चा तेलको मूल्य ७० डलर पार

saudi arab oil

२४ फागुन, काठमाडौं । साउदी अरबको तेल प्रतिष्ठानमाथि कथित हमलाको रिपोर्टपछि सोमबार कच्चा तेलको मूल्य ७० डलर प्रति ब्यारल पार पुगेको छ जबकी अमेरिकी कच्चा तेलको मूल्य पछिल्लो दुई हप्तामा सबैभन्दा महँगो भएको छ ।

कोरोना महामारीको सुरुवातपछि पहिलो पटक कच्चा तेल मूल्यमा यत्तिको वृद्धि भएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार सुरुवाती एशियाली व्यापारका बेला मेका लागि कच्चा तेलको मूल्य ७१.३८ डलर प्रति ब्यारल पुगेको छ जुन ८ जनवरी २०२० पछि सबैभन्दा धेरै हो ।

यमनको हूती विद्रोहीले साउदी अरबको तेल उद्योग केन्द्रमा आइतबार कथित रुपमा ड्रोन र मिसाइल हमला गरेको थियो । यसमा रास तनूराको महत्वपूर्ण साउदी आरामकोको तेलको खानीलाई पनि निशाना बनाएको बताइएको छ । साउदी अरबले यसलाई असफल हमला बताएको छ । विश्लेषकका अनुसार यस्तो प्रकारको लगातारको हमलापछि तेल बजारमा चाँडै नै मूल्यवृद्धि देख्न सकिन्छ ।

स्मरण रहोस् मार्च ४ को साउदी अरबको जेद्दाहमा हमलाको घटनापछि यो दोस्रो मामिला हो । ओपेक र उसका सहयोगी उत्पादनमा कटौतीको निर्णयपछि ब्रेन्ट र डब्ल्यूटीआई कच्चा तेलमा यो लगातारको चौथो मूल्यवृद्धि हो ।

यस्तै, चीनको कच्चा तेलको मागमा सन् २०२१ को सुरुवाती दुई महिनामा अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशतको वृद्धि दर्ता गरिएको छ । चीन संसारको सबैभन्दा बढी तेल आयात गर्ने देश हो । चीनले आफ्नो रिफाइनिङ क्षमता बढाएको छ र उसको तेलको माग लगातार बढिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस