कर्णाली प्रदेश

आन्दोलनरत वादी समुदायका नागरिकमा सरुवा रोगको संक्रमण

badi andolan birami

२४ फागुन, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडिको खुल्ला चौरमा धर्नामा बसिरहेका वादी समुदायका अधिकांशलाई सरुवा रोग सम्बन्धीका समस्याहरु देखिएको छ । खेतीपाती गरिखाने जमिन दिनुपर्ने माग गर्दै विगत १४ दिनदेखि धर्नामा बसेका अधिकांशलाई छाला सम्बन्धीका रोगसहित रुघा खोकी ज्वरो, दम बढ्ने जस्ता समस्या देखिएको हो ।

खाना र सरसफाइको अभावमा उनीहरुमा यस्ता खालका समस्याहरु देखिन थालेको चिकित्सकहरुले बताएका छन् । जनस्वास्थ्य कार्यालय सुर्खेतले सोमबार उनीहरु बसेको स्थानमा स्वास्थ्य शिविर चलाएको थियो । जसमा दाद, लुतो, घाउखटिरा आउने जस्ता रोगका बिरामीहरु धेरै भेटिएको कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर प्रदिप न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘दम, मधुमेह, उच्च रक्तचाप, लगायतको समस्या भएका वृद्धवृद्धाहरुमा अव्यवस्थित बसाइले समस्या बढेको छ ।’ एउटै पालमुनी सबै परिवारहरु बस्नुपर्ने, खानेपानी, शौचालय र सरसफाइको अभावमा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर बढ्दै गएको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस