समाचार

सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्यमा सरकार

krishna gopal sth

२४ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्य थालेको बताएका छन् । भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण गरिने विष्णुदेवी माध्यमिक विद्यालय भवनको सोमबार शिलान्यास गर्दै उनले २०२८ सालको शिक्षा ऐनलाई २१औँ शताब्दी सुहाउँदो बनाउन सङ्घीय शिक्षा ऐन तर्जुमाको तयारी भइरहेको बताए ।

सार्वजनिक  विद्यालयको गरिमा बढाउन तथा पठनपाठनको वातावरण बनाउन गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिँदै उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू दृढ रहेको बताए । भारत सरकारको अनुदान रु ६ करोड ४९ लाखको लागतमा पुनःनिर्माण हुन लागेको उक्त विद्यालय भवन नेपाल सरकारले निर्धारण गरेको भूकम्पमा नभत्किने मापदण्ड अनुरुप बनाइने छ ।

शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने तीनवटा नयाँ संरचनामा १३ वटा कक्षा कोठा, प्रेक्षालय, प्रयोगशाला, कम्प्युटर र पुस्तकालय कक्षका साथै छात्रछात्राका लागि बेग्लाबेग्लै सुविधा सम्पन्न शौचालयको व्यवस्था हुनेछ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनःनिर्माणको लागि भारत सरकारले रु पाँच अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए अनुरुप उक्त विद्यालयको भवन निर्माण प्रारम्भ भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *