२४ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तिम बैठक सकिएको छ । माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रचण्ड-नेपाल पक्षको बैठक नै सम्भवतः अन्तिम बैठक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो । नेकपाको अन्तिम बैठक हो यो ।’ समूहले सर्वोच्च अदालतको आइतवारको फैसलामा गम्भीर असहमति प्रकट गरेको छ ।
श्रेष्ठले पार्टी सर्वोच्च अदालतको फैसलाअनुसार आयोगले कार्यान्वयनको प्रक्रिया जसरी अघि बढाउँछ त्यही अनुसार हुने बताए । दुई पार्टीमा एकिकरणको पहल भएपनि तत्काल भने फरक फरक दलका रुपमा कार्य हुने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस