
२५ फागुन, काठमाडौं । बाराको निजगढ नगरपालिका–९ स्थित बुद्धचोकमा किशोरको घाँटी रेटी हत्या गरिएको छ ।
बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का १९ वर्षीय युवक काले भनिने रोहित शर्माको घाँटी रेटीएको अवस्थामा उनकै घरमा शव फेला परेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी दिए ।
मृतक शर्मा घरमा एक्लै सुतिरहेको बेलामा धारीलो हतीयार प्रहार गरी शर्माको हत्या गरीएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक मिश्राले बताए ।
प्रतिक्रिया दिनुहोस