
२५ फागुन, काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएकाे छ । नेपाल बैंकले प्रकाशन गरेकाे विज्ञापनमा बैंककाे वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ ।
अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनाेट गर्नुपर्छ । खल्ती छनाेट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिन्छ ।
नेपाल बैंकले विभिन्न पदमा २ सय ७९ जना कर्मचारीका लागि आवेदन आह्वान गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस