
२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आज पहिलो संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा आज १ बजे बैठक बस्ने समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा प्रस्तुत हुने विषय र सरकार निर्माणका लागि कोसँग सहकार्य गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । तत्कालीन संघीय समाजवादी र राजपाबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । जसपाका ३४ जना सांसदमध्ये दुईजना निलम्बन छन् ।
प्रतिक्रिया दिनुहोस