समाचार

नेकपाको हटाएर प्रधानमन्त्रीको जिल्लामा राखियो एमालेको बोर्ड

nekapa yamale

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो ।

सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो । आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस