समाचार

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

Rhnio Death

२५ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सहरी क्षेत्रमा दुईवटा भाले गैँडा जुधेर घाइते हुँदा एउटा गैँडा मरेको जानकारी दिए । उनका अनुसार यही फागुन २४ गते उक्त गैँडा मृतावस्थामा फेला परेको थियो । मृतावस्थामा भेटिएको  गैँडाको खाग र खुर सुरक्षित रहेको सहायक संरक्षण अधिकृत समेत रहेका उनले बताए ।

चालू आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा २२ प्राकृतिक र चार चोरी सिकारीले गैँडा मरेका थिए । हरेक पाँच वर्षमा हुँदै आएको राष्ट्रिय गैँडा गणना यस वर्ष आगामी चैत ९ गतेदेखि हुने जनाइएको छ । गैँडा गणनाको तयारी शुरु भइसकेको छ ।

निकुञ्जमा पाटे बाघसमेत मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारीका अनुसार यही फागुन २३ गते सौराहा क्षेत्रमा पर्ने निकुञ्जको मुख्य क्षेत्र चपरचुली खहरे खोलामा करीब चार वर्षीय पाटेबाघ मृतावस्थामा भेटिएको हो । प्राकृतिक कारणबाट मरेको सो पाटेबाघको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जले जनाएको छ । चालू आव २०७७/७८ मा निकुञ्जमा मृत्यु भएको यो पहिलो पाटेबाघ हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस