मुख्य समाचार

जेठ १३ गते एसईई र जेठ २६ देखि कक्षा १२ को परीक्षा

National-Exam Board

२५ फागुन, काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्तै, कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ । कक्षा ११ को परीक्षा भने सम्बन्धित स्कुलले नै पाउने व्यवस्था गरिएको छ ।

अघिल्लो वर्ष कोरोना महामारीले गर्दा शैक्षिक तालिकामा फरक परेको कारण परीक्षाको समय पछि धकेलिएको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले यो वर्षको एसईई र कक्षा १२ को परीक्षा निर्धारित मितिमा व्यवस्थित ढंगले हुने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *