समाचार

काठमाडौंमा हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा

healthwise

२५ फागुन, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित भिमसेनगोलामा हेल्थ वाइस पोलिक्लिनिक आजदेखि सञ्चालनमा आएको छ ।

फिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तराष्ट्रिय अनुभव समेत हासिल गरेका युवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी हुन् ।

कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्त रुपमा अगाडि बढाउने उदेश्य राखेको छ भने सौन्दर्य र स्वास्थ्योपचार दुवै विधालाई एकैसाथ अगाडि लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको सञ्चालकहरुको दाबी रहेको छ ।

healthwise 1

पोलिक्लिनिक स्थापनाको केहि समयभित्रै पूर्णरुपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको जानकारी दिँदै सञ्चालकहरुलाई यस उपचार केन्द्रमा जो कसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस