समाचार

दक्षिण एसियाकै पहिलो सुरुङ निर्माणकर्ता थापाको शालिक अनावरण

thapa churiya

२५ फागुन, काठमाडौं । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित चुरियामाई मन्दिरसँगै रहेको दक्षिण एसियाकै पहिलो सुरुङमार्ग निर्माणकर्ताको अर्धकदको शालिक मंगलबार अनावरण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा चुरियामाई मन्दिरसँगै रहेको सुरुङको डिजाइनर (निर्माणकर्ता) डिल्लीजङ्ग थापाको अर्धकदको शालिक हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अनावरण गरेका हुन् ।

मेयर महतले दक्षिण एसियामै पहिलो पटक सुरुङ निर्माण गर्ने थापाको इतिहासलाई जोगाउन कुनै कसुर नराखी सहयोग गरिने बताए । उनले हेटौंडाको टिसीएनको टोली हेगन पार्कका निर्माता र सुरुङ निर्माणकर्ता थापाले इतिहासमा गरेको कामलाई स्थानीय सरकारले संरक्षण गरेको बताए ।

इन्जिनियर थापाले हेटौंडा-काठमाडौं रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाहरूका दरबार, नेपालको प्रथम रेल वे जनकपुर–जयनगरको डिजाइन गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस