पर्यटन

नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

Himal Dental

२५ फागुन, काठमाडौं । नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सो बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले उपचार गराउँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा हस्पिटल रहेका छन् । उक्त सबै स्थानबाट छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ ।

हाल नेपाल बङ्गलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *