अटो

टाटाले सार्वजनिक गर्‍यो एकैपटक ५ नयाँ कार, यस्तो छ मूल्य र विशेषता ?

tata new car design

२६ फागुन, काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एकै पटक ५ वटा नयाँ कार बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले टाटाको विशिष्ट उत्पादन टाटा नेक्सनसहित टाटा टिगोर, टियागो फेसलिफ्ट, अल्ट्रोज र टाटा एच ५ एकैपटक नेपाली बजारमा सार्वजनिक गरेको हो । मंगलबार साँझ काठमाडौंमा विशेष समारोहको आयोजना गर्दै कम्पनीले पाँचवटा कार एकैपटक सार्वजनिक गरेको हो  । सबै सार्वजनिक भएका कारहरु बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध छन् ।

टाटा टिगोरको सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ र अधिकतम महंगो पर्ने अर्को भेरिएन्टको मूल्य ३९ लाख ९५ हजार रुपैयाँ छ । टियागो ह्याचव्याक विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेका टियागोको मूल्य २८ लाखदेखि ३७ लाख १५ हजार रुपैयाँसम्म कायम गरिएको कम्पनी जनाएको छ । प्रिमियम ह्याचब्याक अल्ट्रोज एक्सएम भेरियन्टको मूल्य ३५ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले नेक्सनलाई ७ भेरियन्टमा उपलब्ध गराएको छ ।

सनरुफसहित बजारमा आएको नेक्सनको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रहेको छ भने टप भेरियन्टको मूल्य ५२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । टाटाको सबैभन्दा महंगो मोडल एच५ को बजार मूल्य भने कम्पनी टप भेरियन्टमा अधिकतम ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस