मुख्य समाचार

शोकप्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते

KTM samsad

२६ फागुन, काठमाडौं । हिउँदे अधिवेशन अन्तर्गत आज बसेको प्रतिनिधिसभाको दोश्रो बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकले विभिन्न मितिमा निधन भएका पूर्वसांसद् तथा सभासद्हरुप्रति शोक प्रस्ताव पारित गरेको हो ।

बुधबारको बैठकमा विभिन्न अध्यादेशहरु पेश हुने सम्भावित कार्यसूची तय गरिएको थियो । तर, अन्तिममा भने शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची मात्रै राखिएको थियो । गत २३ गते सुरु भएको संसद्को अधिवेशनको पहिलो दिन पनि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो ।

तर, त्यसदिन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्रै टेबल भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस