समाचार

काठमाडौंमा पाकेटमार र चोरी कार्यमा संलग्न दुई महिला पक्राउ

paketmar

२६ फागुन, काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका १४ कलंकीबाट दुई महिला पाकेटमारलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काकाे नेतृत्वको टाेलीले काठमाडौं, गोंगबु-११ की २४ वर्षीया सम्झना परियार र  सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने  २३ वर्षीया सिर्जना उप्रेतीलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको जानकारी दिइन् । प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई पकेट मार्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मार्ने तथा ठग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस