सेयर मार्केट

३.४० अंकले घट्यो नेप्से, ४ अर्ब १० करोडको कारोबार

stock market

२६ फागुन, काठमाडौं । बुधबार सेयर बजार (नेप्से) ३.४० अंकले घटेको छ । घटेको बजार २४५८.४८ विन्दुमा पुगेर रोकिएको हो ।

यस दिन ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सात वटा उप समुहमा बृद्धि  छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन र निर्जीवन बीमातर्फ सबैभन्दा बढी गिरावट छ । आज व्यापार समुह उचालिएको छ । यो समुह २९६.९७ अंकले वृद्धि भएको छ । घटेको बजारमा चन्द्रागिरिको सेयर मूल्य भने ८ सय ४ रुपैयाँ कायम भएको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो ।

घलेम्दी हाइड्रोपावरको पनि आज सेयर मूल्य बढेको छ । यसको सेयर ९.९२ प्रतिशतले बढेको हो । यसको सेयर मूल्य १ सय ४४ पुगेको छ । आज नेपाल टेलिकम र पूर्वाधार बैंक (निफ्रा) को कारोबार बढी छ । नेपाल टेलिकमको ५५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने निफ्राको २० करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

बुधबार समग्र सेयर बजार ०.१४ प्रतिशतले घटेर २४५८.३८ बिन्दुमा रोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस