समाचार

जहाँ सुकै, जुन सुकै बेला समाचार पढ्न एनएमबि न्यूज एप

NMB News

२६ फागुन, काठमाडौं । देश तथा विदेशका ताजा लोकप्रिय समाचार पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गर्दै नेपाल मल्टिपल ब्रोडकाष्टिङ न्यूज प्रा.लिले मोवाइल एप एनएमबि न्यूज सार्वजनिक गरेको छ ।

करिब सात महिनादेखि अनलाइन समाचार प्रवाह गर्दै आएको उक्त कम्पनीले समाचार पाठकहरुलाई अझ सजिलो र डिजिटलाइज गर्न मोवाइल एप संचालनमा ल्याएको हो । एन्ड्रोइडका लागि गत पुषमा सार्वजनिक भएको एपलाई प्रयोगकर्ताले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

यो एपमा प्रयोगकर्ताले आफ्नो प्रदेश, रुची र प्राथमिकता अनुसार चाहेजस्तै समाचार पढ्न पाउनेछन् । प्रयोगकर्ताको समयलाई थप महत्तव दिदै देश तथा विदेशका मुख्य समाचारहरु तुरुन्त नोटिफिकेसन मार्फत पाउनेछन् । साथै पछिल्ला दिनहरुमा कुनै अपडेट आएमा एपमै तुरुन्त अपडेट गर्न सक्नेछन् भने एपको बारेमा प्रतिक्रिया पनि सजिलै दिन सक्नेछन् ।

एन्ड्रोइडपछि अब आईओएस एप रिलिज गर्ने कम्पनीको तयारी रहेको छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस