मुख्य समाचार

पेरिसडाँडामा माओवादी केन्द्र र जसपाका नेताहरूबीच छलफल, मिलेन कुरा !

prachanda jasapa

२६ फागुन, काठमाडौं । माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सत्ता समिकरणको विषयमा छलफल भएको छ ।  जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका हुन् ।

सो छलफलमा कुनै कुरामा सहमति नभएको बताइएको छ । जसपा नेपालका नेताहरुले आफूहरुले मात्र सहयोग गरेर माओवादी केन्द्रको नेतृत्वमा सरकार नबन्ने भएकाले पहिला काँग्रेससँग कुरा मिलाउन सुझाव दिएको जसपा नेपालका एक नेताले बताए ।

यसपाली आफूहरुको माग पूरा भए मात्र सरकारमा कसैलाई सहयोग गर्ने कुरा राखेर छलफललाई निरन्तरता दिने सहमति गर्दै पेरिडाँडाबाट नेताहरु निस्किएका छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतको विषयमा आफ्नो पार्टी सुरुदेखि नै सकारात्मक रहेको र त्यसका लागि पटक पटक प्रयास पनि गरेको तर एमालेले हुन नदिएको कुरा जसपाका नेताहरुलाई स्मरण गराएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस