मुख्य समाचार

१ लाख ५० हजार घुससहित कर अधिकृत पक्राउ

Kar adhikrit Pakrau

२७ फागुन, जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् ।

कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ ।

स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस