मुख्य समाचार

राष्ट्रपति भण्डारी बंगलादेश जाने

president bhandari

२८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको राष्ट्रपति निवास स्रोतले जानकारी दिएको छ ।

बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्ने छिन् । गत वर्ष नै राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण हुने भनिए पनि कोरोना संक्रमणका कारण भ्रमण रोकिएको थियो ।

बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबबुर रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ गतेसम्म मनाउने गरी १० दिने कार्यक्रम सार्वजनिक गरेको छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस