विश्व/प्रवास

भारतमा कोरोनाविरुद्धको खोपको दुवै डोज लगाएका दुई जना कोरोना पुनः कोरोना पुष्टि

coronavirus in india

२८ फागुन, काठमाडौं । भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको छ ।

एडिसनल सिभिल सर्जन पद्मजा सराफका अनुसार दोस्रो डोज लिएको ४२ दिनपछि शरीरमा पूर्णरुपमा एन्टीबडी विकास हुन्छ । त्यसैले खोप लगाएपछि पनि कोभिड प्रोटोकल पालना गर्नुपर्ने उनको सुझाव छ । यता, भारतमा नै विकास र उत्पादन गरिएको ‘कोभ्याक्सिन’ लाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ ।

भारतमा पछिल्ला दिनमा लगातार रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा २३ हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ भने १५ हजार ०७२ जना निको भएका छन् । यही अवधिमा थप ११९ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रमा सबैभन्दा धेरै १४ हजार ३१७ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित बढ्न थालेपछि पञ्जाबको पटियाला जिल्लामा राति ११ बजेदेखि बिहान ५ बजेसम्म नाइट कर्फ्यू लागु गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस