सूचना प्रविधि

ओपो एफ १९ प्रो नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषताहरु ?

Swastima khadka X OPPO F19 Pro

२८ फागुन, काठमाडौं । ओपोले यही चैत्र ३ गते ‘एफ१९प्रो’ सार्वजनिक गर्ने भएको छ । लाइभलञ्च इभेन्टमा ओपोका ब्राण्ड फ्रेन्ड तथा कलाकार स्वस्तिमा खड्का, तृष्णा गुरुङ र कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहने कम्पनीले जनाएको छ । उत्कृष्ट डिजाइन मार्फत ओपोले उपभोक्तालाई प्रविधिमैत्री बनाउन सुलभ र रमाइलो अनुभव प्रदान गर्ने गरी मोवाइल सार्वजनिक गर्ने जनाएको हो ।

मोवाइलको विषेशताहरु:

क्यामेराः

एफ१९प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८एमपी अल्ट्रा वाइड-एंगल क्यामेरा, २एमपीमाक्रो क्यामेरा र २एमपीमोनो क्यामेराका साथमा काम गर्छ । प्रयोगकर्ताका लागि सेल्फीले पनि उति्तकै महत्व राख्छ । यही कुरालाई दृषि्टगत गर्दै फोनमा ३२एमपी फ्रण्ट–फेसिङ क्यामेराको प्रयोग गरिएको छ । उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले विशेष ब्यवस्था गरेको छ ।

अल्ट्रा सि्लम बडी डिजाइनः

अल्ट्रा सि्लम डिजाइनका लागि पनि एफसिरिज परिचित छ । एफ१९प्रो मा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमए अल्ट्रा सि्लम बडी सहितको यो फोनको वजन जम्मा १७२ ग्राम कायम गरिएको छ । हत्केलामा फोन बोक्दा पनि आरामदायी अनुभव होस् अर्थात् ‘यू होल्ड इट, यूल् लभ ईट’ भन्ने तिर पनि कम्पनीले विशेष ध्यान दिएको छ ।

डिस्प्लेः

ओपो एफ१९ प्रोमा ९०.८ प्रतिशत सि्क्रन टू–बडी रेसियो र ईन–डिस्प्ले फिंगरपि्रन्ट ३.० सहितको चहकिलो ६.४३ –ईञ्च पञ्च–होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ । यसले गर्दा गेमिङ होस् वा टीभी शोको मनोरञ्जन प्रयोगकर्ताले सन्तोषपूर्ण अनुभूति गर्न सक्नेछन् ।

३० वाट भोक फ्ल्याशचार्ज ४.०

तिब्र गतिको चार्जिङ सुविधाका लागि ३०वाट भोक फ्ल्याशचार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ१९प्रो मा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।उदाहरणका लागि मात्र ५ मिनेटको चार्जले फोनमा २.९ घण्टा यूट्यूब हेर्न सकिन्छ । एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरि सकेपछि यसमा ढूक्क भई १६ घण्टा सम्म अनलाईन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस