कर्पोरेट

बड्वाइजर अब नेपालमा

Budweiser Launch in Nepal

२८ फागुन, काठमाडौं । ग्लोबल ब्राण्ड बड्वाइजरले नेपालमा पनि बिक्री शुरूवात गर्ने घोषणा गरेको छ । संसारका १५०  भन्दा बढी देशहरूमा ठूलो सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको  स्वाद अब नेपाली उपभोक्ताहरूले समेत मज्जा लिन पाउने भएका हुन् । बड्वाइजरको लन्चसंगै एबि इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्नका लागि उपभोक्ता प्राथमिकताहरू विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको जनाएको छ ।

एबी इन्बेभले जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीसँग विशेष साझेदारीमार्फत फोस्टर्स बियर प्रवेश गराउँदै आफ्नो आगमन जनाइसकेको छ । बड्वाइजरको नेपालमा सुरुवातको क्रममा एबी इन्बेभको भारत र दक्षिणपूर्व एसियाका अध्यक्ष कार्तिकेय शर्माले बढ्दो युवा जनसंख्या र बियर रुचाउने जमातका कारण नेपाल एउटा महत्वपूर्ण बजार रहेको बताए ।

बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकी स्टाइल लागर बियरको रूपमा भएको थियो । आज पनि बड्वाइजर १४० वर्षको ब्रुइङ प्रक्रियाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको छ । उत्तम सन्तुलन र स्वादको लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ । बड्वाइजर प्राकृतिक कार्बोनेसन, बिचवुड एजिङ र लामो समयसम्म बु्रइङ गरी तयार गरिएको हुन्छ ।

Budweiser MastHead

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस