कर्पोरेट

थाईल्यान्डमा ह्वावेले पायो डिजिटल इन्टरनेसनल कर्पोरेसन अफ द इयरको अवार्ड

Huawei Thailand CEO Receives PM Award

२८ फागुन, काठमाडौं । ह्वावेलाई इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान प्रदान गरिएको छ । थाई प्रधानमन्त्री प्रयुतचान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान गरेका हुन् ।

यो पुरस्कार २१ बर्ष अघि ह्वावे थाइल्यान्ड स्थापना भई थाई समाजलाई यसको महत्वपूर्ण सहयोग र उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने यसको प्रयासको लागि दिइएको बताइएको छ । डिजिटल इकोनोमी प्रमोशन एजेन्सीका अध्यक्ष नट्टापोन निम्मानफटचरिनले पुरस्कार समारोहमा भने, “ ह्वावेसँगको हाम्रो सहकार्यले देशको विकासमा योगदान पु¥याउँछ । प्रविधि मार्फत प्राकृतिक प्रकोप, सुरक्षा खतराहरू, स्वास्थ्य संकट लगायत आपतकालिन रेस्पोन्सको लागि प्रयोग गर्दा पनि महत्त्वपूर्ण छ । “

प्रयुतले सो क्रममा सरकारले ५जी र एआई प्रणालीको विकासमा जोड दिने बताउँदै आजको सफलताले देशका लागि व्यवसायका अवसरहरू सिर्जना गर्ने आशा व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस