राजनीति

सत्ताका लागि ओलीसँग सहकार्य हुँदैन : उपेन्द्र यादव

Upendra yadav

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले सत्ताका लागि केपी शर्मा ओलीसँग सहकार्य हुन नसक्ने प्रस्ट पारेका छन् ।

शुक्रबार संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ‘लोकतन्त्रविरोधी’सँग कुनै पनि हालतमा सरकारमा सहकार्य हुन नसक्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र विरुद्ध कदम चालेको, संसदको हत्या गरेको भन्दै यादवले सर्वोच्च अदालतबाट ओलीका असंवैधानिक तथा अलोकतान्त्रिक कदम परास्त भएको अवस्थामा फेरि उनैसँग सहकार्य गर्नका लागि आफ्नो पार्टी तयार नहुने प्रस्ट पारे।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस