समाचार

२ किलो युरेनियमसहित चार जना बौद्धबाट पक्राउ

uranium sahit pakrau

२८ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक साढे २ किलो युरेनियम बरामद भएको छ । प्रहरीले बौद्ध क्षेत्रबाट ४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–५ का नारायण सिंह तामाङ, सोही स्थानमा घर भई काठमाडौंको बौद्ध–६ बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ घर भएका २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशी–४ का २० वर्षीय मनोज न्यौपाने छन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *