मुख्य समाचार

सकिन्छ भने अहिले नै ओलीलाई हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाऔँः गगन थापा

gagan thapa

२८ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्नेमा जोड दिएका छन्  ।

शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै  नेता थापाले काँग्रेसले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि आउनुपर्ने बताए।

उनले भने, ‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्ने छ र नेपाली काँग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने हामीले सरकार बनाएर, हामीले छ, आठ महिना, एक वर्ष चलाएर निर्वाचनमा जानुपर्छ । प्रधानमन्त्री ओलीले हाम्रो संविधानमा, व्यवस्थामा भ्वाङ पार्नुभएको छ ।’

ती भ्वाङहरु टाल्ने काम गरेर देशलाई निर्वाचनमा लिएर गएर जानुपर्ने बताए । त्यो निर्वाचनबाट हामीले एकपटक फेरी नयाँ जनादेश प्राप्त गरेर पाँच वर्ष नेपाली काँग्रेसले जनताका बीचमा केही कुराहरूको संकल्प गरेर ती संकल्पहरु पुरा गर्ने काम हामीले गर्नुपर्छ,’ उनले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस