
२८ फागुन, काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहीबार गरी करिब ५ सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस