
२८ फागुन, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीद्वारा एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अस्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीबाट एकलौटी रुपमा गरिएको फेरबदल अस्वीकार गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
‘यो विधि विपरितको बैठक हो । यसलाई मान्य हुँदैन’, नेता पन्तले भने । नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका अनाधिकृत काम आफुहरुलाई मान्य नहुने बताएका छन्। उनले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न भेला गर्ने जानकारी दिए।
‘अनाधिकृत, गुटगत र एमालेको विधि विपरितको कार्य हामी अस्वीकार गर्छौं । उहाँको यो दुरासययुक्त कारबाही हो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस