समाचार

अघि बढे ओली: नेपाल पक्षका सबै जिम्मेवारीबाट हटाइए

kp oli butwal

२९ फागुन, काठमाडौं । एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ । प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान संशोधनको निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्य सहभागी थिए । प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएर अध्यक्ष र महासचिव पद मात्र कायम गर्ने निर्णय बैठकमा सुनाएको जनाइएको छ । ‘पार्टी अध्यक्ष र महासचिव मात्र कायम राखेर महाधिवेशनमा जाने निर्णय भएको छ’, केन्द्रीय सदस्य खगराज अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने । बैठकले दसौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको नेता अधिकारीले बताए ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक भने चैत ७ गते बोलाएका छन् । तर, त्यसअगावै ओलीले आफू र महासचिवबाहेक पदाधिकारीको जिम्मेवारी हटाउनेदेखि आफूनिकट नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी तोकेका हुन् । वरिष्ठ नेता नेपालले सम्हाल्दै आएको विदेश विभाग प्रमुखको जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ । प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ । पूर्ववत् एमालेमा योगेश भट्टराईलाई यो जिम्मेवारी थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस