
२९ फागुन, काठमाडौं । काठमाडौंको टोखामा एक जनाको शव फेला परेको छ ।
टोखा नगरपालिकाको वडा नम्बर १ मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा युवकको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए ।
शवको साथबाट मोरङ्गमा बेलबारी स्थायी ठेगाना र वर्ष २५ को आशिष लिम्बुको नाम रहेको परिचयपत्र फेला परेको खड्काले बताए ।
मृतकको शरिरमा निलडाम र मुखबाट रगत बगेको हुँदा हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।
प्रतिक्रिया दिनुहोस