
२९ फागुन, काठमाडौं । खानेकुरा अन्लाइन अर्डर मार्फत घरघरमा पुर्याउने अनलाइन खाजास्टोर ‘भोज’ले मार्च १२ देखि १८ सम्म वृहत अनलाइन खाना मेलाको आयोजना गरेको छ । ७ दिन सम्म चल्ने मेलामा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरु चलिरहेको बताइएको छ ।
यो दौरानमा उपत्यका भित्रका रेष्टुराँहरुबाट खाना अर्डर गरे वापत ७० प्रतिशतसम्म छुट पाइने र इसेवा र फोनपेका माध्ययमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने भोजको संस्थापक निकेत अग्रवालले बताए । साथै कोका कोला, पठाओ सवारी, टु पिएम चाउचाउ र ब्लेन्डर ९मिल्क सेक बार० बाट प्रत्येक अर्डरको साथ फ्रि(बिजहरू हुनेछन् ।
चौथो संस्करणमा हुन लागेको अनलाइन खाना मेला
यस वर्ष अन्य अनलाइन फूड फेस्टिवल भन्दा राम्रो हुने भोजको दावी छ । खाद्य संस्कृतिलाई अझ आर्कषक बनाउन र खानाका पारखीहरुलाई सेवा गर्न भोजले २०१७ सालमा पहिलो पटक अनलाइन खाना मेला शुरु गरेको थियो ।
‘भोज’ खानाका पारखीहरुका लागि लोकप्रिय मोबाइल एप हो । यस एपको माध्ययमबाट प्रयोगकर्ताहरुले खाना डेलिभरीको लागि अर्डर गर्न, निः शुल्क रेस्टुरेन्ट डिलहरु लिन, समीक्षा पढ्न, मेनूहरू ब्राउज गर्न, भोजवालेटमा नगद कमाउन सक्दछन् भने भोजवालेटलाई रेष्टुरेन्टहरूमा पनि प्रयोग गर्न सक्दछन् ।
हाल भोजले ५०० भन्दा बढि रेष्टुराँहरुसँग पार्टनसिप गरेको छ जसमा झण्डै दुई लाख ५० हजार मानिसहरु आवद्ध छन् । एन्ड्रोइड र आइओएसमा यो एप खाना र पिय पदार्थमा नेपालकै उत्कृष्ट तिनमा परेको छ । त्यस्तै प्लेस्टोमा यो एपलाई एक हजार भन्दा बढिले ४।५ रेटिङ दिएका छन् ।