समाचार

कैलालीको गोदावरीमा एक पुरुषको शव फेला

bead body tag

२९ फागुन, काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । आज बिहान स्थानीयले नालामा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस