समाचार

परिवारले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले दिएन शव

bead body tag

१ चैत, विराटनगर । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ ।

धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो । तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो ।

मृतकका हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको शव बन्धक बनाएर राखेको बताए । पैसा नबुझाएका कारण शव हेर्नै नदिएको उनको भनाइ छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारबापत बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए । मृतकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० रुपैयाँ बुझाएका छन् । टाउको शल्यक्रिया गरिएको भन्दै थप ३ लाख ८५ हजार रकम माग्ने गरेको मधुरीले बताए ।

मृतकका बुवा विपतीया कापरका नाममा ५ धुर जग्गा र घर रहेको छिमेकी बेचन यादवले बताए । त्यही घरजग्गा बन्धक राखेर उपचार खर्च तिरेको यादवले सुनाए । अस्पताल प्रशासनका राजेश भट्टराईले कापर परिवारले झन्डै ३ लाख बुझाउन बाँकी रहेको सुनाए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस