समाचार

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

cloudy weather

१ चैत, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस