कर्पोरेट

‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बन्यो कतार

qatar airlines

१ चैत, काठमाडौं । कतार एयरवेज ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बनेको छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए), कतार जनस्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम तथा हमाद चिकित्सा निगमको सहकार्यमा यही मार्च ११ देखि मध्यपूर्वी एसियामा अत्याधुनिक आईएटीए ट्राभल पास ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गरिएको हो ।

कतार एअरवेजको दोहादेखि इस्तानबुलसम्मको उडानका यात्रु ‘डिजिटल राहदानी’ एप अनुभव गर्ने पहिलो समूह हुनेछन् । यस सेवामार्फत प्रत्यक्ष सम्पर्कबिना सुरक्षित तथा सुचारु यात्रा अनुभव यात्रुहरुलाई प्रदान गर्ने एयरलाइनको लक्ष्य रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस