मुख्य समाचार

सिराहामा भएको विष्फोट स्थलमा गोइत समूहको पर्चा भेटियो

parcha

१ चैत, काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विष्फोटमा परी गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत् थप उपचारका लागि काठमाडौं ल्याइदैछ ।

आइतबार (आज) दिउँसो लहान नगरपालिकास्थित कार्यालय परिसरमा प्रेसर कुकर बम विस्फोट हुँदा तिन जना घाइते भएका थिए । जसमध्ये नायव सुब्बा शिवकुमार यादवको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

अन्य घाइतेहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस