समाचार

२ सय ६५ सांसदले लगाए कोरोना विरुद्धको खोप

covid 19 vaccine

१ चैत, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय ६५ जना सांसदले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले सिभिल अस्पताल नयाँ बानेश्वरमा संघीय संसदका सांसद र कर्मचारीलाई कोरोना विरुद्धको खोप दिने कार्यक्रम राखेको थियो ।

आइतबारसम्म २ सय ६५ सांसद, स्वकीय सचिव, कर्मचारी गरी ११ सय १५ गरी कूल १३ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएको संघीय संसद सचिवालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस